-मोहन वान्तवा
धनकुटा । धनकुटामा आज जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६औँ संस्करणमा विभागिय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लब ईटहरीलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले हराउँदै एपीएफ क्लब काठमाडौँ उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा कुनै गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा एपीएफका सविन गुरुङ, सुमन श्रेष्ठ र युवराज खड्काले गोल गरेका थिए भने राष्ट्रिय जागृति फुटबल क्लबका लागि उमेश राई र कुलदिप कार्कीले गोल गरेका थिए । यस्तै जागृतिका सुमित चौधरी, प्रवेश दनुवार र मिलन राईको प्रहार एपीएफका गोल किपर एञ्जल श्रेष्ठले रोकेका थिए । यस्तै एपीएफका रिपेश धिमाल र विश्वास उदासको प्रहार जागृतिका गोल रक्षक विनय श्रेष्ठले बचाएका थिए । खेलको म्यान अफ द म्याच एपीएफका गोल रक्षक एञ्जल श्रेष्ठ घोषित भएका थिए । उनले नगद ५ हजार ५ रुपैयाँ हात पारे ।
एपीएफले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नु पर्नेछ । दोस्रो सेमिफाइनल खेल विर्तामोड युनाइटेड क्लब झापा र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान बीच भोलि शुक्रबार हुनेछ ।
दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच