उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्री महतको सुुझाव

Read Time = 1 min

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई सुझाव दिनुभएको छ ।

काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताउनु भएको हो ।

देशका हरेक संयन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताउँदै उहाँले निजी क्षेत्रले उत्पादनमुलुक क्षेत्रमा लगानी गरे सरकारले लगानीको वातावरण सहज बनाउने प्रतिबद्धता जनाउनु भयो । यसका लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरूको व्यवस्था गरिने अर्थमन्त्री महतको भनाइ छ ।

रुस–युक्रेन युद्धलाई इंगित गर्दै उहाँले अन्न्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा माथि हुने दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?