नगरपालिका स्तरीय वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थी र विद्यालयलाई पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०७९ मा नगरपालिका स्तरीय कक्षा–४ देखि कक्षा–९ सम्मको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको हो ।

नगरपालिकाले २०७९ चैत ९ गतेदेखि १६ गतेसम्म एसईई मोडलमा नगर स्तरीय परीक्षा सञ्चालन गरेको थियो । त्यही परीक्षाबाट उत्कृष्ट जिपिए ल्याई प्रथम हुने विधार्थी र प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले जनाकारी दिनुभयो ।

कार्कीका अनुसार कक्षा–४ मा दामोदर महासिंह आधारभूत विद्यालय दुर्छिमकी ब्रोनिजा राई(३.३४), कक्षा–५ मा हिमगंगा आधारभूत विद्यालय अर्खौलेका भविन पुरी(३.४४), कक्षा–६ मा बुलापन्थे मावि धितुङका पुजना राई(३.२९), कक्षा–७ मा बुलापन्थे मावि धितुङकै अनिल कट्वाल(३.०६), कक्षा–८ मा लक्ष्मी मावि वडहरेका गणेश दाहाल(३.११) र कक्षा–९ मा महेन्द्रोदय मावि महादेवस्थानकी दया राई(३.२१) जिपिए ल्याएर प्रथम भएका थिए । प्रथम हुने ६ जना विधार्थीहरुलाई जनही दश हजार र प्रमाण पत्र दिएर पुरस्कृत गरिएको छ ।

आधारभूत विद्यालयतर्फ कक्षा ४–५ तर्फ खोक्सेली आधारभूत विद्यालय वडहरे(२.२४) प्रथम, बोझेओडार आधारभूत विद्यालय वडहरे(२.२१)दोश्रो र जनचेतना आधारभूत विद्यालय बाहुनीडाँडा(२.०८) जिपिए ल्याएर तेश्रो भएका थिए । प्रथम, दोश्रो, तेश्रो विद्यालयले क्रमश ५० हजार, २० हजार, १० हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

कक्षा ६–८ सम्म सञ्चालित विद्यालयतर्फ डिकुवा आधारभूत विद्यालय डिकुवा(१.३४) प्रथम, शान्ती आधारभूत विद्यालय वडहरे(१.२७) दोश्रो र हिमगंगा आधारभूत विद्यालय बाहुनीडाँडा(१.२६) जिपिएसहित तेश्रो भएका थिए । प्रथम, दोश्रो, तेश्रो विद्यालयले क्रमशः ५५ हजार, २५ हजार, १५ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

कक्षा ६–९ सम्म सञ्चालित विद्यालयतर्फ सरस्वती मावि अर्खोले(१.०७)ले नगरस्तरीय परीक्षामा प्रथम भई दुई लाख र प्रमाणपत्र प्राप्त गरेका छन् । कालिका मावि बाहुनीडाँडा(०.९०)ले दोश्रो भएर ५० हजार र बुलापन्थे मावि धितुङ(०.८४) जिपिए ल्याएर तेश्रो भई २० हजार रुपैयाँ र प्रमाण पत्र पाएका छन् ।

नगरपालिकाले नगर स्तरीय परीक्षा सञ्चालन गर्दा शिक्षाको अवस्था भने एकदम कमजोर देखिएको थियो । त्यही कमजोर मध्येबाट जिपिएस बढी ल्याउने विधार्थी र विद्यालयलाई पुरस्कृत गरिएको हो ।

यसरी नगर स्तरीय परीक्षा सञ्चालन गर्दा शिक्षक, विधार्थी ज्यादै कमजोर भएको देखायो । त्यसैले विधार्थीमा पढ्नुपर्छ भन्ने मानसिकता कायम गराएको छ, कक्षाकोठामा हल्ला हुन छोडेको छ, कुन शिक्षकले कुन विषय पढाएको र कती नम्बर ल्यायो भन्ने प्रष्ट भएकाले विषयगत शिक्षक पनि विगतका समयमा भन्दा अलिक सचेत भएर पढाउन थालेको मेयर बिमला राईले बताउनुभयो ।

पुरस्कृत गर्ने नीतिले भने सकरात्मक सन्देश दिन र शिक्षक, विधार्थी, अभिभावक र जनप्रतिनिधिलाई जिम्मेवार बनाउन मद्दत गरेको उहाँको भनाई छ । शिक्षाको गुणस्तर उकास्न नगरपालिकाले कार्यदल गठन गरीसकेको छ । अहिले त्यो कार्यदलले नगरपालिकाभित्रका ९० वटा सामुदायिक विद्यालयको यथार्थ रिपोर्ट नगरमा बुझाई रहेको छ । त्यही रिपोर्टलाई आधार मानेर शिक्षाको गुणस्तर उकास्नमा जस्तोसुकै एक्सनमा जाने मेयर राईले बताउनुभयो । स्वास्थ्य बीमा,एम्बुलेन्स शुभारम्भ तथा पूर्णखोप सुनिश्चितता कार्यक्रमको अवसरमा शनिबार विधार्थी र विद्यालयलाई पुरस्कृत गरिएको थियो ।

तस्वीर :सरस्वती मावि अर्खोलेलाई पुरस्कार वितरण गर्नुहुँदै मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत लगायत।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?