दक्षिण पश्चिम पाकिस्तानको निर्वाचन कार्यालयमा बिस्फोट हुँदा ८ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बिस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रान्तको पिसिन जिल्लामा एक राजनीतिक नेताको निर्वाचन कार्यालय नजिकै बिष्फोट भएको जिल्लाका उपायुक्त पिसिन जुमादाद खान मण्डुखेलले स्थानीय सञ्चारमाध्यमलाई बताउनु भयो ।

बिस्फोटलगत्तै उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । बिस्फोटको कारण अझै खुल्न सकेको छैन । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?