नयाँ दिल्ली । पछिल्लो समय भारतीय गायिका नेहा कक्कडको डिभोर्सबारे मिडियामा चर्चा भइरहेको छ । भारतीय मिडियाहरुले नेहाको वैवाहिक सम्बन्ध टुटेको दाबी गर्दै आइरहेका छन् ।
लामो समयदेखि लाइमलाइटबाट टाढा छिन् । उनी पछिल्लो एक वर्ष यता निष्क्रिय जस्तै छिन् । लाइमलाइटमा रहिरहेका बेला एक्कासि उनले कामबाट विश्राम लिँदा धेरै अड्कलबाजी भए ।
केहीले नेहाको दुई वर्षअघि रोहनप्रित सिंहसँगको वैवाहिक सम्बन्ध टुटेको अनुमान लगाए भने केहीले उनी गर्भवती भएको अड्कल गरे । यद्यपि यी विषयले नेहा विश्राममा रहँदा पनि चर्चामै रहिन् तर कुनै प्रतिक्रिया दिइनन् ।
तर, नेहाले टाइम्स अफ इन्डियासँगको कुराकानीमा विश्रामको कारण खुलासा गरेकी छिन् । लामो समय काममा सक्रिय रहँदा शारीरिक र मानसिक थकानका कारण बिश्राम लिएको उनले बताइन् । अब छिट्टै कमब्याक गर्ने उनको भनाइ छ ।
गर्भवती रहेको कुरा अफवाह रहेको बताउँदै उनले भनिन्, ‘म र रोहन अहिले सन्तानको योजनमा छैनौँ । तर बाहिर भने अर्कै चर्चा भइरहेको छ ।’
त्यसअघि सन् २०२१ मा विवाहको दुई महिनापछि नेहाले आफ्नो ‘बेबी बम्प’ देखाएको फोटो सेयर गरेकी थिइन् । त्यस समय उनी गर्भवती भएको धेरैको आशंका थियो । तर पछि उनले सो फोटो म्युजिक भिडियो ‘खयाल राख्या कर’ का लागि खिचाएको खुलासा भएको थियो ।
साथै आफू विश्राम हुँदा गर्भवती र डिभोर्सको हल्ला चलेको बारे आफू जानकार भएको उनको भनाइ छ । पतिसँग पनि सुमधुर सम्बन्ध रहेको र उनीसँगै समय बिताउनका लागि पनि कामबाट विश्राम लिएको उनको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच