काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यालाई पाँचौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । नयाँदिल्लीमा भएको एक विशेष समारोहमा डब्लुइबीबीआइसी युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।
नयाँदिल्लीमा भएको विशेष समारोहमा बिन्द्रावनका अनिरुद्रचार्य माहाराज, उपसभामुख र विश्वविद्यालयका व्यक्तित्वहरूले उहाँलाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभएको थियो । सो अवसरमा अन्य राज्यका सांसद सदस्यको उपस्थिति थियो । सो अवसरमा गीतसंगीत तथा विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नु भएकोमा एक्सकुलिभ वल्र्ड रेकर्ड र किंग्स बुक्स अफ रेकर्डले डा.उपाध्यायलाई सम्मानसमेत गरेका थिए ।
डा.उपाध्यायले सन् २०० मा विधावारिधि गरिसक्नु भएको छ । डा.उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि चारवटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच