-मोहन वान्तवा
धनकुटा । धनकुटामा जारीे सहिद भीमनारायण गोल्डकपको १६ औँ संस्करणको चौथो दिन आज भएको खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा सिराहाको सल्हेस फुटबल क्लबलाई १–० ले पराजित गर्दै आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सेमिफाइनलमा पुगेको हो । यो खेलसँगै पहिलो चरणको खेल सम्पन्न भएको छ ।
आज सम्पन्न खेलमा पहिलो हाफमा कुनैपनि गोल नभएपनि दोस्रो हाफमा खेलको ६६ औँ मिनेटमा धनकुटाले एक गोल गरि अग्रता लिएको थियो। धनकुटाले पाएको कर्नर प्रहार गरेका बुद्ध चेम्जोङको पासमा खमिर गुल्सन कन्दङ्वाले गरेको गोल नै निर्णायक गोल बनेको हो । यस्तै धनकुटाको जितमा धनकुटाका गोल किपर प्रदिप भण्डारी नायक बनेका छन् । उनले खेलको ५८ मिनेटमा सल्हेसका फागुराम थारुले प्रहार गरेको पेनाल्टी सहित दर्जनौँ प्रहारको बचाउ गरेका थिए । भने खेलको म्यान अफ द म्याच भएका भण्डारीले नगद ५ हजार ५ रुपैयाँ हात पारेका छन ।
आज सम्पन्न प्रतियोगिता पश्चात सेमीफाइनल पुग्ने चारवटै टोलीको पनि टुङ्गो लागेको छ । प्रतियोगिता अन्तरगत बिहीबारबाट सेमिफाइनलका खेल हुनेछन्। जसअन्तरगत सेमिफाइनलको पहिलो खेल बिहिबार विभागिय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरी बीच हुनेछ । शुक्रबार विर्तामोड युनाइटेड क्लब झापा र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान बीच हुने भएको छ । दुवै सेमिफाइनल खेलका विजेता बीच शनिबार फाइनल खेल हुने आयोजकले जनाएको छ।
दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयाे।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।
श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच