काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताउनुभएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणीय रहेको उल्लेख गर्नुभयो । सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महशुस आफूलाई भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ठ्याक्कै यतिबेला यो किन महशुस भयो यो पनि एउटा विचारणीय पक्ष हो । एउटा राजनीतिक दृष्टिकोणले पनि मलाई लाग्छ, एउटा वातावरण बनाउन खोजेको होला । किनभने हामी पनि संगठित भएका छौँ, हाम्रो पनि तागत यति छ, भन्ने एउटा म्यासेज दिने एउटा उद्देश्य होला । त समाजवादतर्फ मुलुकको अभिष्ट हो, लक्ष्य हो भन्नेकुरालाई भनेका छन् । छरिएर बस्नुभन्दा एक ठाउँमा आउनु राम्रो हो ।’
सांसद बडूले छरिएर बस्नु भन्दा एकत्रित हुनु राम्रो पक्ष भएको पनि बताउनु भयो ।
सत्ताको लागि जसोपनि गर्ने ! तपाईहरु पनि त्यही ड्यांगको मूला त हो नी ! शरम करो !