सिटिजन्स बैंकलाई होटल इच्छामा छुट

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बाराको सिमरास्थित पाँचतारे टोल इच्छा प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले होटलका सेवाहरूका १० प्रतिशतसम्म छुट पाउनेछन् । यस्तो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?