विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण

हिमालय टाइम्स
Read Time = 3 mins

-नृपेन्द्रबहादुर मल्ल

मुगु । समुन्द्री सतह देखि २९ सय मिटरको उचाईमा रहेको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा अवस्थित मुर्मामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई न्यानो कपडा सेट र विद्यालय पोशाकहरू वितरण गरिएको छ ।

नगरपालिका भित्रको सबै भन्दा उच्च स्थानको बस्ती भएकोले हिँउदको समयमा अत्यधिक जाडो हुँदा विद्यार्थीहरूको पठन पाठन प्रभावित हुने भएपछि ब्याक टु लाईफ इभिको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको सहजिकरणमा आईतवार त्यहाँ अध्यनरत १ सय ६ जना इसिडी देखि कक्षा १० सम्मका छात्रा, छात्रलाई न्यानो कपडा सेट र विद्यालय पोशाक वितरण गरिएको हो ।

स्कुल पोसाक र न्यानो कपडा वितरण गर्नु हुँदै कर्णाली सामुदायिक विकास केन्द्रका अध्यक्ष संगिता शाहीले जाडो समयमा न्यानो कपडा र स्कुल पोषाक अभाव कै कारण बालबालिकाहरु विद्यालय शिक्षाबाट वन्चित हुन नपरोस भनेर विद्यालय पोशाक र न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।

विगतका बर्षहरूमा जाडो बिदा हुने यस विद्यालयमा यस बर्ष जाडो बिदा नभएकोले अत्यधिक जाडोका कारण विद्यार्थीहरु नियमित थिएनन् भने शिक्षण सिकाइ प्रकृया पनि प्रभावित हुँदै आएको थियो । केसिडिसिको समन्वयमा विद्यार्थीले न्यानो कपडा र विद्यालय पोशाक पाएका छन् ।

न्यानो कपडा र विद्यालय पोशाक पाएपछि विद्यार्थीहरु नियमित र सिकाइमा अग्रसता हुने आश गरेकाे प्रधानध्यापक नन्दसिङ्ग रोकायाले बताउनु भयो । न्यानो कपडा र विद्यालय पोशाक लगाउदा विद्यार्थीहरू चिटिक्क देखिनुका साथै उत्साहित पनि भएका थिए भने अभिभावकहरू खुशी देखिन्थे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?