कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डिपो स्थापना गरेको हो ।
खाद्यान्नका लागि सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मान्म जानुपर्ने नागरिकको बाध्यता अन्त्य गर्न नगरपालिकामा नै खाद्य डिपोको स्थापना गरिएको हो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्ने उद्देश्यका साथ खाद्य डिपो सञ्चालनमा ल्याएको नगरपालिकाका उपप्रमुख मनीराज बरालले बताउनुभएको छ ।
“खाद्य डिपो सञ्चालनमा आएसँगै आम नागरिकलाई सहज खाद्यान्न आपूर्ति र उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणमा सुनिश्चितता भएको छ”, उहाँले भन्नुभयो “खाद्य सुरक्षाको सुनिश्चततामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपोको स्थापना गरिएको छ ।”
सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले पाँचदेखि सात प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्ने उप-प्रमुख बरालले बताउनुभयो । “यो खाद्य डिपोबाट सान्नी त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका बासिन्दालाई खाद्यान्न खरिदमा सहज हुनेछ”, उहाँले भन्नुभयो, “डिपो स्थापनाले करीब १० हजार घरधुरी लाभान्वित हुनेछन् ।”
गाउँमै खाद्य डिपो खुलेर सस्तोमा खाद्यान्न पाइने भएपछि खुसी लागेको रास्कोट नगरपालिका-५ का पंख सुनारले बताउनुभयो । “पहिलो थोरै खाद्यान्न खरिद गर्न सदरमुकाम जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “गाउँमा खाद्य डिपो स्थापना भएकाले सहज भएको छ ।” नगरमै खाद्य डिपो सञ्चालन गरी सस्तो मूल्यमा खाद्यान्य सामग्री पाइने भएपछि स्थानीय उत्साहित भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच