गाउँपालिकाले गर्‍याे यार्सा संकलकहरुको दुर्घटना बीमा

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 5 mins

मुगु । यार्सा टिप्न मुगु जिल्लाका पाटनहरुमा पुग्ने संकलकहरुको सुरक्षाको लागि दुर्घटना बीमा गरिएको छ ।

यार्सागुम्वा पाइने पाटनहरु भएको गाउँपालिका मुगुम कार्मारोङ्ग गाउँपालिकाले यार्सा टिप्न पाटनहरुमा पुग्ने संकलकहरुको दुर्घटना बीमा गरेको हो ।

ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिका सिमाना भित्र कोहि घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भैहाले आश्रित परिवारलाई सहयोग पुगोस भनेर मुगुम कार्मारोङ्ग गाउँ पालिकाले आथिक वर्ष २०७६/०७७ बाट दुर्घटना बीमा शिर्षकमा बजेट छुटाउदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी गराउनु भयो ।

यो बीमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेरको हुनुपर्छ । वन प्रवेश शुल्क लिँदा गाउँपालिकाले संकलकको आवश्यकिय व्यक्तिगत सुचना संगै लिने गर्दै आएको छ ।

पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरु, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवा दस्ता पनि यो बीमामा समेटिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रावलले बताउनु भयो ।

उहाँका अनुसार पालिकाले यो बीमाका लागि चालु आवमा ५ लाख रुपया विनियोजन गरेको छ । गत वर्ष यो बीमाबाट २ जनाको परिवार लाभान्वित भएको थियो ।

बीमा वापत पीडित परिवारले न्यनतम ५० हजार र अधिकतम १ लाख ५० हजारसम्म रकम पाउने छन् ।

पालिकाको सिमित बजेटले थोरै भए पनि पीडामा पर्ने व्यक्ति र परिवारलाई राहत पुगोस भनेर यो प्रयास शुरु गरिएको र यो कार्यमा संघिय र प्रदेश सरकारहरुले पनि लगानी गर्नुपर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा बताउनु हुन्छ ।

यार्सा खरिदकर्ताहरुले राजश्व त नेपाल सरकारलाइ तिर्छन नि सरकारको बजेटमा कहि न कहि यार्साको राजश्वको पनि हिस्सा छ फेरि पाटनमा यार्सा टिप्नु भनेको बाघको मुखबाट दात निकाल्नु सरह नै हुन्छ । यासा टिप्न साहसिक, युवा, बलवान् व्यक्ति जानू पर्छ जो राज्यका सम्पत्ति हुन पाटनमा पुग्ने हजारौ संकलकहरुको जीवन र आश्रित परिवारको भरणपोषणमा लगानी गर्नु राज्यको दायित्व होइन ? गाउँपालिकाका अध्यक्ष लामा संघिय र प्रदेश सरकारलाई प्रश्न गर्नुहुन्छ ।

कर्णाली प्रदेश सरकारले कर्णालीबासीको दुर्घटना बीमा कार्यक्रम लागू गरेको धेरै भयो तर यो बीमाबाट यार्सा संकलकहरु लाभान्वित हुन सकेका छैनन ।

बीमा प्राप्तिका जटिल प्रकृया हुँदा गरिव, निमुखालाई यो कार्यक्रमले समेटन सकेको छैन । आगामी दिनमा यो बीमामा सहजै समेट्न सकिने खालका प्रावधान राखेर यार्सा संकलकहरुको बीमा गरिनु पर्ने देखिन्छ ।

मुगुका २ दर्जन बढी पाटनहरुमा पाइने यार्सागुम्वा संकलनका लागि यहि १५ गतेबाट वन प्रवेश खुल्ला गरिदै छ ।

बर्सेनि यार्सा पाटनमा सयौँ जना विरामी,घाइते हुँदै आएका छन भने दर्जन बराबरले ज्यान गुमाउने गरेका छन् । पालिकाको बीमा योजनाले पिडित र आश्रीत परिवारलाई ठूलो राहत पुग्ने देखिन्छ । बरु समयानुसार बीमा रकम समायोजन हुनु पर्ने डोल्फु गाउँका स्थानिय कार्मा सेराफ लामा बताउनु हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?