जुम्लाका ५८ सय बालबालिकालाई आईपिभी खोप लगाइने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका करिब ५८ सय बढी बालबालिकालाइ आईपिभी खोप लगाईने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लामा आईपिभी. खोप अभियान संचालन हुने भएको छ । उक्त खोप अभियान अन्तर्गत यहाँका पाँच हजार आठ सय २८ बालबालिकालाई पोलियो भाईरस विरुद्दको आईपिभी खोप दिइने रणनीतिक रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

यहीँ जेठ १३ देखि २६ गते सम्म देशव्यापी रुपमा आईपिभी खोप अभियान संचालन हुँदै छ । सोही अभियान अन्तर्गत जुम्लाका आठ पालिकामा दुईचरणमा खोप अभियान संचालन हुने भएको छ। जसमा पहिलो चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीमा खोप अभियान संचालन हुने छ भने दोस्रो चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।

खोप अभियान अन्तर्गत २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मिएका मात्र ५ देखि ८ वर्ष उमेर समुहका ५ हजार ८ सय २८ बालबालिकालाई मात्र आईपिभी खोप लगाईने लक्ष्य राखिएको छ । पोलियो रोग विरुद्दको प्रतिरोधात्मक क्षामता बढाउने भनेकै आईपिभी खोप हो । यो खोप टाईप वान देखि टाईप थ्री गरेर तीन प्रकारका हुन्छन् । कार्यालय प्रमुख सापकोटाले भन्नुभयो , 'पोलियो रोग जुनसुकै उमेर समुहकालाई पनि लाग्छ । नेपालमा पछिल्लो बिरामी २०६७ भदौ १४ मा देखापरे पनि हालसम्म शून्य छ । यो सुईबाट लगाउने र मुखबाट ओैषधी खुवाईन्छ ।'

जुम्लामा मंगलबार आईपिभी खोप अभियानबारे खोप समन्वय समिति र पत्रकारहरु संग अन्तरक्रिया गरिएको छ । खोप अभियानलाई सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्ने अनुरोध गरेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लामा खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन र पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?