आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वती पूजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भिड लाग्ने गर्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।

विद्या र सिर्जनाकी देवी भएकाले आज विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा वाचन गरी वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । राजधानीको स्वयम्भूमा रेहको सरस्वती मन्दिरसहित देशभरका सरस्वतीका मन्दिरहरूमा पूजाका लागि बिहानैदेखि सर्वसाधारण र विद्यार्थीको भिड लाग्ने गर्दछ ।

मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पूजा आराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास छ । सरस्वती पूजाको दिन कुनै पनि प्रकारका साइत तथा मुहूर्त हेर्न नपर्ने तथा यस दिन गरिएका हरेक कर्महरू सिद्ध हुनेसमेत शास्त्रमा उल्लेख गरिएको बताइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?