एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा, रियल बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा रियल म्याड्रिडलाई ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । रियल भने प्रतियोगितबाट बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समय एटलेटिको म्याड्रिडले २ गोल गरेपछि खेल ४–२ ले जितेको थियो ।

एटलेटिको म्याड्रिडको जितमा सामुएल लिनो, अल्भारो मोराटा, एन्टोनी ग्रीजम्यान र रोड्रीगो रिक्वेलमीले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि एक गोल जोसेलुले गरेका थिए भने एक गोल एटलेटिकोका जान ओब्लाकले आत्मघाती गोल गरेका थिए ।

योसँगै यस सिजनको कोपा डेल रे को क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ । जसमा एटलेटिको म्याड्रिडसहित बार्सिलोना, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?