यू–१९ विश्वकप क्रिकेट आजदेखि

हिमालय टाइम्स
u19 world cup 2024

काठमाडौं । आइसीसी यू–१९ विश्वकप आजदेखि शुरु हुँदैछ। विश्वकपको पहिलो खेलमा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दै छन् ।

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिदै छन् । यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।

नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

विश्वकपमा सहभागी १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासंग खेलेपछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् ।

सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् ।

त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।

विश्वकप खेल्ने नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बर्दघाटमा मङ्सिर १७ देखि नवौँ महोत्सव, २ लाख दर्शक भित्र्याउने र ३… चाडपर्वमा विद्युत् आपूर्ति नियमित बनाउन मन्त्री विराजभक्त श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा, मानवीय क्षति भएन आइएमई लाइफको ‘बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक, लोयल्टी बोनससहित थप सुविधा प्रधानमन्त्री पत्नी सबिना काफ्लेद्वारा कुकुर तिहार विशेष कार्यक्रम आयोजना (फोटो) यू–१९ एसिया कपमा नेपालको ब्याटिङ फेरि कमजोर, यूएईलाई दियो १५४ रनको लक्ष्य विशेष ‘डग शो’ प्रदर्शन गर्दै नेपाली सेनाले मनायो कुकुर तिहार [तस्वीरहरु] कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगन थापाको प्रतिबद्धता, दिए तिहार र छठको… रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने  ‘स्वर्गकी अप्सरा’ (तस्बिरहरू)