काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले सानदार जित दर्ता गरेको छ ।
सोमबार राती भएको खेलमा कोलकाताले दिल्लीविरुद्ध ७ विकेटको सानदार जित निकालेको हो। दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले १६।३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
कोलकताका लागि ओपनर फिल सल्टले सर्वाधिक ६८ रन बनाए । त्यस्तै कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रन बनाए । सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रनको योगदान दिए ।
दिल्लीका लागि अक्षर पटेलले २ तथा लिजाड विलियम्सले १ विकेट लिए।त्यसअघि इडन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको हो।
दिल्लीका कप्तान ऋषभ पन्तले २७ रन बनाए। त्यस्तै अभिषेक पोरेल १८, अक्षर पटेल १५, पृथ्वी शा १३, जेक फ्रेजर मक्गर्क १२ रनमा आउट हुँदा कुलदीप यादव ३४ रनमा अविजित रहे।
कोलकाताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए। वैभव अरोडा हर्षित राणाले २/२ विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच