एसियन कपमा भारतको दोस्रो हार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसियन कपमा भारत लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । बिहीबार भएको खेलमा उज्वेकिस्तानसँग भारत ३–० गोलले पराजित भएको हो । यसअघि आफ्नो पहिलो खेलमा भारत अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो ।

उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेव, शेरजोड नस्रुलोएभले गोल गरे । ओटाबेक शुकुरोभको हेडर पासमा खेलको चौथो मिनेटमा नै फयजुलाएभले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको १८औं मिनेटमा सर्गेवले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा नस्रुलोएभले तेस्रो गोल गर्दै खेललाई ३–० अवस्थामा पुर्याएका थिए ।

भारतले पोस्टमा गरेको दुई उत्कृष्ट प्रहारलाई उज्वेकिस्तानका गोलरक्षकले राम्रो बचाउ गरे ।जितसँगै समूह बीमा उज्वेकिस्तानको चार अंक छ । भारत भने अंकविहिन छ । यो समुहबाट अष्ट्रेलिया २ खेलमा ६ अंक बनाउँदै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?