न्याय परिषदको बैठक बस्दै, उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । न्याय परिषद्को बैठक आज (बुधबार) बस्दैछ । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि न्यायपरिषद् बैठक बस्न लागेको हो । । परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना छ ।

बैठक आज दिउँसोका लागि बोलाइएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

हाल उच्च अदालतमा ४१ र सर्वोच्चमा ६ जना न्यायाधीशको पद रिक्त छ ।

सोमबार बसेको परिषद् बैठकमा पनि न्यायाधीश नियुक्ति हुन सकेको थिएन । भागबन्डाको राजनीतिले लामो समयदेखि न्यायाधीश नियुक्ति अवरुद्ध हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?