फ्रेस हाउसमा आगलागी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको एक फ्रेस हाउसमा आगलागी भएको छ ।

सोमबार साँझ करिब ५:१५ बजेको समयमा जिल्लाको रेसुंगा नगरपालिका-१ पुतलीबजार भानुचोकस्थित पुष्पा कुँवरले सञ्चालन गर्नुभएको कुँवर फ्रेस हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फ्रेस हाउसमा मासु पोल्ने क्रममा ग्यासको पाइप लिग भई आगलागी भएको हो । आगलागीले फ्रेस हाउसमा रहेको डि(फ्रीज र बिजुलीको मिटर बक्स जली क्षती भएको छ । प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले फ्रेस हाउसमा लागेको आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?