काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनबिरुद्ध अदालत जाने बताउनुभएको छ ।
पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसबिरुद्ध अदालत जाने बताउनुभएको हो ।
पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीका नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेस र पहिचानको मुद्दालाई धरापमा पार्नेगरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाउनु भयो । पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरुले अदालतमा गएर चुनौति दिने अध्यक्ष यादवको भनाई थियो ।
उहाँले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताउनु भयो । अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गैरकानूनी तरिकाबाट, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । र त्यो प्रमाण पत्र दिएको यहाँहरुले हेर्नु भएको छ । नेपालको इतिहासमा यति छिटो प्रमाण पत्र दर्ता गरेको पहिलो चोटी हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन, मुद्दामा फरक छैन । अब व्यक्तिगत महत्वकांक्षा भन्ने हो भने सांसद बनेका छन् । मन्त्री बनेका छन । अब त्यहाँ भन्दा बढी बनाउने त हामीसँग क्षमता छैन । नितान्त व्यक्तिगत स्वार्थमा लागेर लोकतन्त्रलाई धरापमा पार्ने र जुन पहिचानको आन्दोलन चलिरहेको छ । ती मुद्दाहरुलाई धरापमा पार्ने, संघीयतालाई धरापमा पार्नेगरी पार्टी विभाजन ग-यौं भन्ने छ । किन ग-यौं भन्दा कुनै तर्क छैन । पार्टी विभाजन गरिएको जुन घोषणा भयो । र दर्ता गरे । त्यो असंवैधानिक छ । त्यसमा हामी कोर्टमा चुनौति दिन्छौं । र सरकारमा नै रहेका केही साथीहरुले, केही पार्टीका नेताहरुले चाहीँ त्यो भ्रमलाई जुन भ्रम फैल्याइएको थियो । कि जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदैछ । त्यो अत्यन्त कपोलकल्पित, बेसलेस कुनै आधार नभएका प्रायोजित ढंगले चलाइएको अफवाह थियो । त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि सरकारप्रति जसपाको अहिले निरन्तर समर्थन छ । हामीले समर्थन फिर्ता लिने कार्य गरेका छैनौं । हाम्रो समर्थन यथावत नै छ । र यो रहन्छ । अब यसपछि परिस्थिति कसरी निर्भर रहन्छ ? त्यसमा भर पर्छ ?’
अध्यक्ष यादवले अर्को सरकार बनाउने प्रयास आफूहरुले नगरेको दाबी समेत गर्नुभएको भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच