संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

दिवसका अवसरमा आज दिएको सन्देशमा राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आमनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा हार्दिक अपिल पनि गर्नुभएको छ। उहाँले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार माध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गर्नुभएको छ।

संविधानद्वारा सुनिश्चित मौलिक अधिकार कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवासुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताउनुभएको छ। देशको हित र जनताको उन्नतिभन्दा ठूलो अर्को कुनै लक्ष्य हुन नसक्ने सन्देशमा उल्लेख छ। उहाँले संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्‍वास सन्देशमार्फत व्यक्त गर्नुभएको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?