नयाँ चलचित्रका लागि २० केजी तौल बढाउँदै नायक तेज

Read Time = 4 mins

काठमाडौं । गत चैतमा सम्पन्न भएको मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिता अन्तर्गत मेन फिजिक विधामा चौथो स्थान हासिल गर्न सफल नायक तेज गिरीको उक्त समय बडी फ्याट लगभग पाँच प्रतिशतको हाराहारी थियो भने उहाँको तौल जम्मा ६३ केजी थियो । हाल उहाँ ७० केजीको हुनुहुन्छ । केही दिनअघि एकजना निर्देशकले उहाँलाई नयाँ चलचित्रका लागि आगामी असोज महिनाभित्रमा २० केजी तौल बढाएर ९० केजी बनाउन भनेका छन् । यसका लागि हाल उहाँले आफ्नो तौल बढाउन खानाको तालिका र एक्सरसाइजको तालिकामा हेरफेर गर्नुभएको छ । उहाँले हरेक दिन बिहान पाँच बजेदेखि सात बजेसम्म जिममा समय बिताउँदै आउनुभएको छ । गिरीलाई प्रशिक्षक सञ्जीव श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ । नयाँ चलचित्रमा काम गर्न तेज पनि अत्यन्तै उत्साहित भई कडा मिहिनेत गरिरहनु भएको छ । ‘म नयाँ चलचित्रका लागि एकदम उत्साहित भएर कडा मिहिनेत गरिरहेको छु’, उहाँ भन्नुहुन्छ ।

विगत एक दशकदेखि नेपाली सिने जगतमा काम गर्दै आउनुभएका तेजको गत वर्ष ‘प्रेमगञ्ज’ र यस वर्ष ‘हुक्का’ चलचित्र प्रदर्शनमा आएका थिए । दुवै चलचित्रमा उहाँको अभिनयले निकै तारिफ बटुल्न सफल भयो । गिरीले हालसम्म एक दर्जन चलचित्र, एक दर्जन बढी म्युजिक भिडियो, केही सिरियल र केही विज्ञापनहरूमा आफ्नो अभिनय कला पस्किनुभएको छ ।

जिम जानु र स्वास्थबर्धक खानेकुरा खानु भनेको शरीर बनाउनभन्दा पनि स्वस्थ रहनका लागि हो भन्ने उहाँको भनाइ छ । आफ्नो स्वास्थका लागि दिनमा कम्तीमा एक घण्टा छुट्याउन र स्वास्थबद्र्धक खानेकुरा खान सबैलाई उहाँ सुझाउँनुहुन्छ । ‘जब मान्छे स्वस्थ हुन्छ, उसमा सकारात्मक सोच र ऊर्जाको विकास हुन्छ । त्यसैले हरेक मानिस स्वस्थ रहने प्रयास गर्नुपर्छ’ उहाँ सुनाउनुहुन्छ ।

विगत एक दशकदेखि नेपाली सिने जगतमा काम गर्दै आउनुभएका तेजको गत वर्ष ‘प्रेमगञ्ज’ र यस वर्ष ‘हुक्का’ चलचित्र प्रदर्शनमा आएका थिए । दुवै चलचित्रले व्यावसायिक सफलता हासिल गर्न नसके पनि उहाँको अभिनयले निकै तारिफ बटुल्न सफल भयो । गिरीकोे अभिनय कौशलको सर्वत्र चार्च चलिरहेको छ । यो चर्चाले आफूलाई आफ्नो कामप्रति अझ धेरै जिम्मेवार बनाएको छ र आगामी दिनमा आफूले अझै धेरै मिहिनेत गर्नुपर्ने उहाँ बताउनुहुन्छ । गिरीले हालसम्म एक दर्जन चलचित्र, एक दर्जन बढी म्युजिक भिडियो, केही सिरियल र केही विज्ञापनहरूमा आफ्नो अभिनय कला पस्किनुभएको छ । पछिल्लो समय उहाँलाई चलचित्रका लागि प्रस्ताव आएको भए तापनि उनले संख्यात्मभन्दा गुणात्मकलाई ख्याल गरेर आफूले काम गरिरहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?