गुल्मी । गुल्मीमा चौथो फोर्टिन स्टार कप सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्र फुटबल प्रतियोगिता सुरु भएको हो ।
आजदेखि सुरु भएको सो प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले शिक्षा, स्वास्थ्य, कृषि र खेलकुद लगायतलाई विशेष केन्द्रमा राखेर समुन्नतिका लागि आफुहरु अघि बढेको बताउनुभयो । खेलकुदसंगै पर्यटनलाई जोड्दै युवाहरुको माध्यममार्फत गुल्मी जिल्लाको सामुन्नतिका लागि निरन्तर खटिएको भन्दै आफू नेतृत्व जनप्रतिनिधिको टिम सधै युवाहरुको साथमा रहेको बताउनुभयो ।
खेलका माध्यमबाट होस् वा पर्यटनको क्षेत्रमा प्रोत्साहित गरेर होस् नगरपालिकाले युवाहरु प्रति लगानी र प्रोत्साहनका कार्यक्रम गर्दै आइरहेको भन्दै सबैको प्रयासले मात्रै समुन्नति प्राप्त गर्न सकिने बताउनुभयो । युवाहरुलाई सबल र सक्षम बनाउन नगरपालिकाले लगानी गर्दै आएको भन्दै लगत्तै नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर कप लगायतका थुप्रै कार्यक्रमहरु युवा केन्द्रित भएको बताउनुभयो ।
आजदेखि सुरुभएको छात्र फुटबल प्रतियोगिता यही पुस १० गतेसम्म गतेसम्म चिदिचौर खेलमैदानमा हुनेछ । क्लबको तेह्रौं वार्षिकोत्सबको अवसरमा चौथो फोर्टिन स्टार कप–२०८० को आयोजना गरिएको महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा १९ समूह सहभागी छन् ।
फोर्टिन स्टार कप– २०८० विजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल नकआउट प्रणालीमा हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीलाई प्राथमिक उपचार र एक लाख रुपियाँ बराबरको म्यादी बीमासमेत गरिने भएको छ । क्लबले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएको छ ।
त्यसवसरमा नगरप्रमुख पन्थीले रेसुङ्गा नगरपालिकाले घोषणा गरेको “जाउँ हिँड रेसुङ्गा” अभियानलाई व्यापक बनाउन यस जिल्लाबाट बाहिर छुट्ने सवारी साधनमा “जाऊँ हिँड रेसुङ्गा” अभियान लेखेको स्टिकर टाँस्नका लागि सार्वजनिक गर्नुभयो । यस कार्यबाट रेसुङ्गामा पर्यटन आवागमनका लागि टेवा पुग्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच