नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित हुनुभएकाे छ ।

नेकपा एमालेको १० औं जिल्ला अधिबेशनबाट निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठलाई पराजित गर्दै सालिकराम अधिकारी निर्वाचित हुनुभएकाे हाे । उहाँले १ सय ८० मत ल्याएर विजयी हुनु भयाे भने लालबहादुर श्रेष्ठले १ सय ७० मत प्राप्त गर्नु भएको थियो ।

यसै गरी उपाध्यक्षमा कृष्ण गौतमलाई २० मतको अन्तरले हराउँदै दुर्गाबहादुर ओली विजयी हुनु भएको छ । सचिवमा नैनबहादुर खत्रीलाई ८ मतले हराउनै पदम ढकाल निर्वाचित हुनु भएको छ ।

सह सचिवमा जीवन शाहीलाई २० मतले हराउँदै लहानु थारु विजयी हुनु भएको छ । सह सचिव महिलामा ३६ मतको अन्तरले मञ्जु शर्मालाई हराउदै संगीता थारु विजयी हुनु भएको छ ।

अन्य सदस्य पदको मतगणना जारी रहेको छ । लालबहादुर श्रेष्ठको टिमबाट लडेका सह सचिव लहानु थारुले मात्रै जित निकाल्नुभयाे । अन्य विजयी उम्मेदवारहरु सालिकराम अधिकारीको टिम बाट लडेका निर्वाचित भएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?