कम्युनिष्ट योद्धा दलु छायाँको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनका योद्धा दलु छायाँ (दलबहादुर भुजेल) को ७७ वर्षको उमेरमा निधन भएको छ । २००३ सालमा सुनसरीको धरानमा जन्मिनुभएका दलु छायाँ पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सचेत गराउने काममा अग्रसर रहनुभएको थियो ।

२०१७ सालमा पूर्वकोशी प्रान्तीय कमिटीसँग निकट रहेर भूमिगत कालमा पार्टी काममा खटिनुभएका उहाँले २०२२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो ।

उहाँले पञ्चायती व्यवस्था विरुद्धको लडाइँमा पटक-पटक जेलजीवन बिताउनुभएको थियो । नेकपा एमालेले छायाँको निधनप्रति शोक वक्तव्य जारी गर्दै दुःख प्रकट गरेको छ । साथै उहाँको पार्टीप्रतिको निष्ठा र योगदान सदा प्रेरणादायी रहने एमालेले जनाएको छ ।

पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण उपचाररत छायाँलाई एमालेले गत वैशाखमा पार्टी स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?