युट्युव हेरेर बनाएको पेस्तोल गोजीबाट निकाल्दा पड्किएपछि…

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बाँके । युट्युव हेरेर बनाएको कटुवा पेस्तोल पड्किदा १६ वर्षिय बालक घाइते भएका छन् ।

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका-५ चाचरफर्काका १६ वर्षिय सचिन थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले बताउनु भयो ।

सचिनले युटयुव हेरेर कटुवा पेस्तोल बनाएका थिए । उक्त पेस्तोल आफनै पाइन्टको पछाडि गोजीमा राखेको र निकाल्ने बेला पड्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिदा थारु घाइते भएका छन् । उनको मेडिकल कलेज नेपालगञ्जमा उपचार भैरहेको छ भने अवस्था सामान्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?