गुल्मीमा अदालतभित्रै श्रीमानले श्रीमतीलाई कुटे

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मी जिल्ला अदालतभित्र श्रीमानले श्रीमतीलाई कुटपिट गरेका छन् । सोमबार दिउँसो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३, हर्दिनेटाका दिपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई कुटपिट गरेका हुन् ।

२०८० फागुन १३ गते दर्ता भएको सम्बन्ध विच्छेदको मुद्धाको पेशीको लागि दुवै जना जिल्लाअदालत आएका थिए । दुवै जनाको न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो । तर, न्यायधिकहाँ जान नपाउँदै सिँढीमा नै श्रीमतीलाई कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो ।

कुटपिटबाट गम्भीर घाइते मनसुवालाई थप उपचारको लागि प्रवास रिफर गरिएको छ भने श्रीमती पिट्ने श्रीमान दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । अब उनलाई कुन मुद्धा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताउनुभयो ।

हर्दिनेटाका दिपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्रावेसीकी मनसुवाबीच छ वर्ष पहिले विवाह भएको थियो । श्रीमान-श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?