काठमाडौं । १०० एनएस राइडर्सको एउटै उद्देश्य भन्ने नाराका साथ बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । कम्पनीले सयवटा बिरुवा रोप्ने उद्देश्यका साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहक समेटेर सय एनएस राइड आयोजना गरेको हो ।
कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा सयभन्दा धेरै फलफूल, बिरुवा, वृक्षारोपण गरेको जनाएको छ । सयभन्दा धेरै एनएस ग्राहक सहभागी राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाईघाट, लहानलगायतका विभिन्न स्थानका राइडर सहभागी रहेका थिए ।
कार्यक्रममा सहभागी सबै राइडरले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलमा भाग लिएका थिए । विभिन्न खेलका विजेतालाई कम्पनीले उपहारस्वरूप फुल हेलमेट प्रदान गरेको थियो । उक्त राइडमा ५० वर्षभन्दा बढी उमेर समूहका राइडरका साथै महिला राइडरको समेत सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच