बेइजिङको वैदेशिक व्यापार १९.३ प्रतिशतले वृद्धि

Read Time = 1 min

बेइजिङ । बेइजिङको यस वर्षको पहिलो १० महिनामा कूल वैदेशिक व्यापार करिब ४११.६ अर्ब अमेरिकी डलर पुगेको भन्सार तथ्यांकले देखाएको छ । बेइजिङ भन्सारका अनुसार यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो ।

जनवरीदेखि अक्टोबरसम्म बेइजिङको आयात २६.६ प्रतिशतले बढेर २.५ ट्रिलियन युआन पुगेको छ भने निर्यात ९.१ प्रतिशतले घटेर ४६४.६ अर्ब युआन पुगेको जनाइएको छ ।

यस अवधिमा, सोलार व्याट्री, लिथियम-आयन ब्याट्री र विद्युतीय सवारीसाधनहरू मुख्य निर्यात उत्पादनहरू देखिएका छन् । अक्टोबरमा मात्रै चीनको वैदेशिक व्यापार २५.२ प्रतिशतले वृद्धि भई ३०७.६६ अर्ब युआन पुगेको चीनले जनाएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?