![एमएचपिएलको मोबाइल एप](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/maw-mobile-apps-artha-Hita.jpg)
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले बैंक तथा वित्तीय संस्थाविरुद्ध लक्षित क्रियाकलाप झन् बढ्दै गएको भन्दै सहजरूपमा सेवा प्रदान गर्ने वातावरण बनाई आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमा व्याप्त अवाञ्छित गतिविधि तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवाअन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहजरूपमा सेवा प्रदान गर्ने वातावरणका साथै आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिन माग गरेका हुन् । विगत केही समययता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थपूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारी तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको र पछिल्ला दिन यस्ता क्रियाकलाप झन् बढ्दै गएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना ग्राहकलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीमाथि गरिएको उल्लेखित घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । करोडौं व्यक्तिहरूको श्रम र पसिनाले आर्जित निक्षेप सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थालाई आफ्ना निहित स्वार्थपूर्तिका लागि नियोजितरूपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहको अराजक क्रियाकलापको हामी भत्र्सना गर्दछौँ ।’ लघुवित्त क्षेत्रमा व्याप्त अन्योलको स्थिति समाधानका लागि सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भइरहेका यस्ता अवाञ्छित गतिविधिले वित्तीय सेवा सहजरूपमा पाउने अधिकारबाट ग्राहकवर्ग वञ्चित हुन पुगेका बताइएको छ ।
ग्राहक र बैंक तथा वित्तीय संस्थाबीच सुमधुर सम्बन्धलाई सदैव मुख्य प्राथमिकतामा राखी यस्ता घटनाबाट कत्ति पनि विचलित नभई आगामी दिनमा निरन्तररूपमा ग्राहकलाई अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न पनि बैंक तथा वित्तीय संस्थाले प्रतिबद्धता जनाएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिई ऐन, नियम, कानुन र नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रही पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालित बैंक तथा वित्तीय संस्थाले छरिएर रहेको रकम संकलन गरी देशका विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच