अफगानिस्तानको सामना गर्दै नेपाली युवा टोली, जित्नै पर्ने दबाब

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ । यो खेल शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदान सुरु हुनेछ ।

दुई खेलमा लगातार पराजित नेपालका लागि समूह चरणको तेस्रो खेल चुनौतीपूर्ण बनेको हो ।
नेपाललाई अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तानलाई पराजित गर्नैपर्ने दबाब छ ।

अफगानिस्तानसमेत अघिल्लो चरणमा प्रवेशका लागि नेपाललाई हराउनुपर्ने दबाबमा छ । समूह चरणकै खेल भए पनि नेपाल र अफगानिस्तानबिचको आजको खेल नकआउट समान छ ।

यू–१९ विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भयो।

समूह ‘डी’मा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अङ्क जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान अङ्कविहीन छ । आजको खेल जुन टिमले जिते पनि अघिल्लो चरण प्रवेश गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?