किसान लघुवित्तको लाभांश पारित

Read Time = 2 mins

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । काठमाडौंमा सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभाले चुक्ता पुँजीको सात प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पारित गरेको हो । बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ५० करोड ४३ लाख पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताउनुभएको छ ।

साथै साधारणसभाले थप सार्वजनिक सेयर निष्कासन प्रस्तावसमेत पारित गरेको छ । बोनस सेयर र थप सार्वजनिक निष्कासनपछि संस्थाको चुक्ता पुँजी करिब ६४ करोड २३ लाख रुपैयाँ पुग्नेछ । अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने, गाभिने प्रस्तावलाई पनि पारित गरेको छ । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय काठमाडौंको बुढानीलकण्ठमा रहेको छ । संस्थाले १३७ शाखामार्फत् लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?