सुतिरहेको अवस्थामा पुरुष मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

-होमनाथ सापकोटा

चितवन । भरतपुर महानगरपालिका-२ लिलाचोकस्थित साथीको कोठामा सुत्न गएका एक पुरुष आज बिहान ३ः३५ बजेको समयमा मृत फेला परेका छन् ।

मनकामना ट्रान्सपोर्टमा एकाउन्टेनको रुपमा काम गर्ने भरतपुर-१० हाकिमचोक बस्ने ५५ वर्षीय दिलिप प्रसाद उपाध्याय साथीको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ ।

आफुसंगै काम गर्ने साथी सुनसरी बराह नगरपालिका-७ बस्ने ४९ वर्षीय ऋषिकेश भट्टराईको कोठामा गई खाईपिई गरि सुतेका उपाध्यायलाई राती पिसाव फेर्न उठ्ने क्रममा उठाउँदा नबोलेको भट्टराईले बताएका छन् ।

उपाध्यायको मृत्यु भएको जस्तो देखिएपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?