काठमाडौं । संस्कृत विद्याशिरोमणि प्रा.डा.वेणीमाधव ढकालको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका ढकाल संस्कृत विद्याका प्रखर व्यक्तित्व हुनुहुन्थ्यो ।
ढकाल केही वर्षयता पक्षघातबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा जन्मिनुभएका ढकालका पाँच दर्जनभन्दा बढी कृतिरत्न प्रकाशित छन् । उहाँका कृतिहरू राष्ट्रिय इतिहास, धर्मसंस्कृति, काव्यकला र पौराणिक वाङ्मयसँग सम्बन्धित छन् । स्व.ढकालका ‘शैलेश’, ‘जय ज्योतिष्मती मुमा, रश्मिप्रभास, अर्जुन, पुराणमा नारीलगायत मौलिक कृति प्रकाशित छन् ।
त्यसैगरी केही विशिष्ट एवं विशालकाय अनुवाद ग्रन्थहरूमा ‘श्रीगणेशपुराण’, ‘निर्णयसिन्धु’, ‘आहिृनकसूत्रावाली’, ‘श्रीदेवीभागवत’, ‘श्रीहिमवत्खण्डको टीकानुवाद’, श्रीशिवमहापुराणको नेपाली टीका’ छन् । नेपाल संस्कृत विश्वविद्यालयमा ३५ वर्ष लामो अवधि सेवा गर्ने क्रममा ग्रन्थ सम्पादन समितिको संयोजकको रूपमा रहेर अनेकौ ग्रन्थहरूको सम्पादन गरी विश्वविद्यालयको प्राज्ञिक जग उठाउने कार्यमा उहाँले ठूलो योगदान पुर्याउनुभएको थियो ।
उहाँ सेवा अवधिमा विभागाध्यक्ष, अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकका साथै ६ वर्षसम्म दुई कार्यकाल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष भई सेवानिवृत्त हुनुभएको थियो । वेदान्त दर्शन, धर्मशास्त्र र पुराणका व्याख्याता स्व.ढकालको निधनले अपूरणीय क्षति पुगेको संस्कृत क्षेत्रका सरोकारवालाको भनाइ छ ।
यसैगरी धरानको पिण्डेश्वर विद्यापीठका नव्यव्याकरण विषयका उपप्राध्यापक टीकाराम दाहालको पनि हृदयघातका कारण सोमबार राति निधन भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच