दरबारमार्गमा आस्था गिलसँग झुमे दर्शक

Read Time = 2 mins

काठमाडौं । बलिउड गायिका आस्था गिलले काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा दर्शकलाई झुमाउनुभएको छ । आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मा आस्थाले दुईघण्टा दर्शकलाई आफ्ना गीत गाएर सुनाउनुभयो ।

रातको १२ बजे क्रप टप र रातो रङको पाइटमा स्टेज चढ्नुभएकी आस्थाले ‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी सुरु हुई है’, ‘नागिन दिन गिन गिन’लगायत एक दर्जन बढी हिट गीत उनले कार्यक्रममा प्रस्तुत दिनुभयो ।

गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही लाइन समेत गाएर सुनाउनुभयो । अर्काे पटक नेपाल आउँदा यो गीत पूरै गाउने वाचासमेत गर्नुभएकी गिलले नेपाल र नेपाली आफूलाई मनपर्ने बताउनुभयो ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमको उद्देश्य दर्शकलाई सांगीतिक मनोरञ्जन दिने र नेपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजक संस्थाका सानु खानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?