भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले तलव नपाएको गुनासो गरेका छन् । क्याम्पस प्रशासनले भने त्रिभुवन विश्वविद्यालयबाट रकम निकासा नहुदाँ तलब उपलव्ध गराउन ढिलाई भएको जनाएको छ ।
त्रिविको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुले तलव सुबिधा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेका थिए । नेपाल सरकारले बिश्वबिद्यालयलाई समयमा रकम निकासा नगरेको तथा सोही कारण देखाई क्याम्पसहरुलाई पनि रकम निकासा नगर्दा तलव दिन ढिलाई भएको क्याम्पस प्रशासनले बिज्ञप्ती प्रकाशित गर्दे उल्लेख गरेको छ ।
क्याम्पस प्रशासनका कारण तलव पाउनमा ढिलाई भएको प्राध्यापक संगठनहरुको बिज्ञप्ती प्रकाशित भएपछि क्याम्पस प्रमुख भुलानाथ राईले पनि बिज्ञप्ती प्रकाशित गर्नुहुदै सो बिषयमा ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको हो । बिज्ञप्तीमा भनिएको छ, ‘त्रिवि केन्द्रिय कार्यालयले केही रकम पेश्कीकोरुपमा उपलब्ध गराएको छ, जुन अपुग भएकोले त्यसमा केही रकम थप गरी केहीलाई तीन महिना र केहीलाई दुई महिनाको तलव खुवाउनका लागि तयारी पनि गरि सकिएको छ ।
चार महिना देखिको तवल सुबिधा नपाएको भन्दै प्राध्यापकहरुको संगठन प्रजातन्त्रबादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठन भोजपुरले असोज २५ गते भित्र तलव उपलब्ध गराउन क्याम्पस प्रशासनलाई अल्टिमेटम दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच