अत्यधिक गर्मी बढेपछि पठनपाठन बन्द

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले गर्मी अत्यधिक बढेर पठनपाठन गराउन र विद्यार्थीलाई आउनजानै समस्या भएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले सूचना जारी गरी हाल बढ्दो अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै १९ गतेदेखि २२ गते शनिबारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंले सूचना जारी गर्दै संचालित परीक्षाहरु यथावत् रहने गरी सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिबारसम्म बन्द गर्ने नगर शिक्षा समितिले निर्णय गरेको उल्लेख गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?