भोजपुर । भोजपुर नगरपालिकामा संचालित बिद्योदय माध्यामिक बिद्यालयमा अध्यनरत एक सय बालबालिकालाई झोला बितरण गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले उपलब्ध गराएको आयो नुन लोगो अंकित झोला बिद्यालयमा कक्षा पाँचसम्म अध्यनरत एक सय बालबालिकाहरुलाई बितरण गरिएको समन्वयकर्ता शिक्षिका यदु सुवालले जानकारी दिनुभयो ।
आयोडिन युक्त नुनको प्रयोग गर्ने सन्देश प्रवाहका लागि कर्पोरेशनले ती झोलाहरु बिद्यालयमा सहयोग गरेको शिक्षिका सुवालले बताउनुभयो । सानो कक्षामा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु बिद्यालयसम्म ल्याउन झोलाले मद्धत पुग्ने बिद्यालयका प्रधानाध्यापक शिवनाथ ठाकुरले बताउनुभयो ।
अभिभावक सहितको उपस्थितीमा बालबालिकाहरुलाई प्रधानाध्यापक ठाकुर, शिक्षक अभिभावक संघका अध्यक्ष जगत योञ्जन, शिक्षिका सुवाल लगायतले झोला बितरण गर्नुभयो । कर्पोरेशनले केही थान टिसर्ट पनि उपलब्ध गराएको बिद्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच