एमालेद्वारा दुई वटा संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।

आईतवार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको हो । पोखरेलको प्रश्तावकमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहनुभएको छ ।

त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँको प्रश्तावकमा काँग्रेस सांसद शान्ति बिक रहनुभएको छ भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बन्नुभएको छ । संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ । समिति सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सार्वजनिक लेखा समितिको सभापतिका उम्मेदवार ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिले सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई सहयोग, सुझाव र उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह दिने काम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा हमी यसलाई मिनि पाल्र्यामेण्ट भन्छौँ । विशेष गरी सार्वजनिक लेखा समिति भनेको सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई पहिलो कुरा त सहयोग, दोस्रो सुझाव र तेस्रो उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह र सुझावहरु दिने काम गर्छ । संसदले दिएको निर्देशन, सल्लाह, सुझाव सरकारको कार्यान्वयन गर्ने कर्तव्य हो । समितिले दिएको सल्लाहलाई सरकारले मान्नुपर्छ ।’

उहाँले समितिले दिएका निर्देशन मान्नु सरकारको कर्तव्य भएको बताउनु भयो । समितिको नेतृत्वका लागि सोमवार निर्वाचन हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?