काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग गरेको छ । बोर्डले पुरस्कारका लागि वैशाख २१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारका लागि २०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्ने जनाइएको छ ।
विशेष चलचित्रका लागि २०८० वैशाख १ गतेदेखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रले आवेदन दिन सक्ने छन् । बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्दै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच