काठमाडौं । देशभरका सिनेमाघरमा चलचित्र ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ । सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको हो ।
चलचित्रको काठमाडौंको सभिल मलस्थित क्युएफएक्समा र बुधबार धरानमा प्रिमियर गरिएको थियोे । प्रिमिएरमा चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो । चलचित्रले साथीको सम्बन्ध र पैसाले श्रीमान्-श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्छ । चलचित्रमा सहकारी ठगीको विषयलाई समेत गम्भीरताका साथ उठाउन खोजिएको छ ।
नवीन मानन्धरको निर्माण रहेको चलचित्रमा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुस्कर कार्की, बिनिता थापामगर, शान्तिला तामाङलगायतको अभिनय छ । काठमाडौं, दार्जलिङ, धरान र इटहरीमा छायांकन भएको चलचित्र दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो ।
नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रमा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रूपमा जोडिनुभएको छ । रोहित रत्नको आरआर फिल्मस्ले वितरण जिम्मा लिएको चलचित्रका डायमण्ड उप्रेती कार्यकारी निर्माता हुनुहुन्छ । चलचित्रमा शिशिर विशंखेले छायांकन, मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच