काठमाडौं । दीपेन्द्रप्रसाद दाहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । दाहाललाई गायिका देवी घर्तीले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रूपी सिञ्जाली मगर र प्रेम मगर रहनु भएको छ ।
दीपेन्द्रको आफ्नै युट्युब च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बालकलाकार श्रीजल दाहाल र आरोही मल्लको मुख्य अभिनय छ । सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस् छ्यांकन अमृत उपाध्याय, निर्देशन भीम थापा, एरेन्ज कृष्ण बाजुराली, रेकर्डिङ द न्यू इरा रेकर्डिङ स्टुडियो अनामनगमा भएको हो ।
भिडियोमा श्रीजल दाहाल र आरोही मल्लका साथै सत्यवती एकडेमी परिवारका छात्र, छात्राहरू डेउडा खेलमा सोही एकडेमीका प्रबन्धक वीरबहादुर कडायत, प्रिन्सिपल यशोदा ध्याडी कडायत एकडेमीका शिक्षक, शिक्षिकाहरू देखिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच