मस्को । रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यसबारे जानकारी गराएका हुन् । ‘रूस विश्वव्यापी अनाज भण्डार र भरपर्दो आपूर्तिकर्ता हो । अन्न र मलका सन्दर्भमा मानवीय सहायताको पहिलो चरण अफ्रिकी देशहरूमा पठाइसकेको छ र आगामी दिनमा यसलाई जारी राखिनेछ,’ उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले भर्खरै पश्चिमी देशहरूले खाद्य, खनिज मल, रसद र भुक्तानीमा लगाएको प्रतिबन्धले विश्व भोकमरीको समस्या बढेको स्वीकार गरेको रुसका उपप्रधानमन्त्रीले बताउनुभएको छ ।
ग्त वर्ष जुलाईमा रुस-अफ्रिका शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व खाद्य कार्यक्रमको सूचीमा रहेका ६ अफ्रिकी देशलाई रुसले मानवीय सहायताका रूपमा अन्न पठाउने बताउनुभएको थियो ।
कृषि अधिकारीहरूका अनुसार सोमालिया र बुर्किनाफासोका लागि प्रत्येकमा २५ हजार टन गहुँ बोकेका दुई जहाज नोभेम्बरको मध्यमा रूसबाट त्यसतर्फ प्रस्थान गरेका थिए । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच