![‘कालो कालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Kalo-kalo-kapalma-1.jpg)
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले कान्स फिल्म फेस्टिभलमा भाग लिनुभएको छ । उहाँले फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वल्र्ड प्रिमियरमा भाग लिनुभएको थियो । बालेन कालो सुट र टोपीमा रेडकार्पेटमा देखिनुभएको थियो । रेडकार्पेटमा उहाँका व्यवस्थापन सल्लाहकार कुमार ब्यञ्जनकार पनि देखिनुभएको थियो । साथै, बालेनले सोही दिन कान्स शहरका समकक्षी डेभिड लिसनार्डलाई पनि भेटनुभएको थियो ।
नेपाली समयानुसार बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको फिल्मको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा निर्देशक कोप्पोला, सुपरस्टार एडम ड्राइवर, बलिउड अभिनेत्री ऐश्वर्या रायलगायतकाको सहभागिता रहेको थियो । ‘मोगालोपोलिस’ले कान्समा सात मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यो चलचित्रको कथावस्तु सहरको भविष्य बनाउन वास्तुकार र एक भ्रष्ट मेयरको लडाइको वरपर घुमेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच