डा. अम्बेडकरको अर्थशास्त्रको सान्दर्भिकता

Read Time = 13 mins

✍️ श्रीमन नारायण
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतको संविधानलाई दुनियाँका उत्कृष्ट संविधानमध्येको एक मानिन्छ । भारतजस्तो बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक देशमा लोकतन्त्र, संघीयता तथा गणतन्त्रको सफलताले पूरै विश्वलाई भारतको संविधानलाई अध्ययन एवं मनन गर्न लोभ्याउँछ, आकर्षित गर्छ । डा. अम्बेडकरको भारतको राजनीतिक धर्म, सामाजिक सुधार तथा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान थियो । उनले राजनीतिशास्त्र, सामाजिकशास्त्र, दर्शन, धर्म, मानवशास्त्र तथा न्यायशास्त्रमा महत्वपूर्ण योगदान दिएका थिए, साथै उनी एक महान् अर्थशास्त्री पनि थिए ।

भारत स्वतन्त्र भएपश्चात् जुन संविधानले त्यहाँका नागरिकलाई स्वतन्त्रतासँग वास्तविकरूपमा परिचय गराएको छ त्यसको जग बसाल्ने श्रेय डा. अम्बेडकरलाई नै जान्छ । उनले महिला तथा समाजका पिछडिएका वर्गका निम्ति जीवनपर्यन्त संघर्ष गर्दै रहे । सन् १८९१ को १४ अप्रिलमा भारतको मध्यप्रदेश राज्यमा एक दलित परिवारमा जन्मेका उनले मेट्रिकसम्मको शिक्षा मुम्बईको चर्चित एल्फिन्सटनबाट लिए । त्यस विद्यालयलाई नामांकन गराउने उनी पहिलो दलित छात्र थिए । २२ वर्षको उमेरमा बडौदाका महाराजाद्वारा प्रदान गरिएको छात्रवृत्तिमा उनले अमेरिकाको प्रसिद्ध कोलम्बिया विश्वविद्यालयबाट एमएसम्मको शिक्षा अध्ययन गरे ।

त्यहाँ सन् १९१५ मा उनले अर्थशास्त्रमा स्तातकोत्तर तथा सन् १९१७ मा पिएचडीको उपाधि हासिल गरे । उनले फ्रेन्च र जर्मनी भाषा पनि सिकेका थिए । कोलम्बिया विश्वविद्यालयबाट पिएचडी गरिसकेपछि उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट सन् १९२३ मा अर्थशास्त्रमा पुनः डक्टरेट उपाधि हासिल गरे । अर्थशास्त्रमा पिएचडी गर्ने अम्बेडकर पहिलो भारतीय थिए ।

डा. अम्बेडकरले भारतीय अर्थव्यवस्थाका समस्या, वित्तीय प्रणाली तथा रुपैयाँमा उनले कतिपय महत्वपूर्ण कामहरू पनि गरेका थिए । उनले गरेका तीन ठूला कामहरूमा ‘इक्ष्ट इण्डिया कम्पनीको प्रशासन र वित्तीय प्रबन्ध,’ ‘ब्रिटिश भारतमा प्रान्तीय वित्त व्यवस्थाको विकास’ तथा ‘रुपैयाँका समस्या, उद्भव र समाधान’ हुन् । विद्वान्हरू दादाभाइ नैरोजीद्वारा सन् १९०१ मा प्रकाशित प्रसिद्ध ‘पोवर्टी एण्ड अनब्रिटिश रुल इन इण्डिया’ बाट मात्रै परिचित छन्, जुन कि विश्वमा साम्राज्यवादको आर्थिक आधारको पहिलो खण्डन थियो र त्यो पनि त्यतिबेला जब भारतजस्ता देशहरूको आर्थिक प्रगतिका निम्ति समाजवाद नै आवश्यक छ भन्ने धारणा व्यापक चर्चामा थियो ।

१५ अगस्ट १९७४ मा भारत स्वतन्त्र भएपछि उनी देशको पहिलो कानुनमन्त्री बनाइए । २९ अगस्टमा उनलाई संविधान निर्माण गर्ने समितिको अध्यक्ष बनाइयो । उनले पिछडिएकाहरूलाई समान अवसर प्रदान गर्न आरक्षण लागू हुनुपर्ने व्यवस्थाको समर्थन गरेका थिए ।

तर, धेरै कम विद्वान्हरूलाई मात्रै थाहा छ कि अम्बेडकरद्वारा लिखित ‘इष्ट इण्डिया कम्पनीको प्रशासन र वित्तीय प्रबन्ध’ नामक पुस्तकमा पनि ब्रिटिश शासनको व्यापक आलोचना गरिएको छ । यसमा तथ्य र आँकडाका आधारमा उनले यो साबित गर्ने प्रयास गरेका छन् कि ब्रिटिश शासन नै भारतका जनताको बर्बादी र गरिबीको बाहक हो । ब्रिटिशको सम्पूर्ण नीति भारतबाट धन सम्पदालाई विदेशमा लैजाने खालको मात्रै रहेको छ ।

भारतको औद्योगिक ढाँचालाई तहसनहस पार्नु र ब्रिटेनलाई कच्चा माल आपूर्ति गर्ने देशका रूपमा भारतलाई तयार गर्नु मात्रै ब्रिटिश शासकको लक्ष्य थियो । यतिमात्रै होइन, ब्रिटेनका अन्य उपनिवेशहरूको तुलनामा पनि भारतसँग बढी भेदभाव गरिन्थ्यो । भारतमा आधारभूत संरचना, शिक्षा, स्वास्थ्य आदिमा खर्च कम गरेर ब्रिटेनले साम्राज्यवादी युद्धका निम्ति सेनामाथि संशाधन खर्च गर्नुलाई एउटा प्रमुख नीति बनाएको थियो ।

सन् १९२५ मा अम्बेडकरले ‘ब्रिटिश भारतमा प्रान्तीय वित्त व्यवस्थाको विकास’ नामक पुस्तक प्रकाशित गरेका थिए । यसमा उनले केन्द्र तथा प्रान्तबीचको आर्थिक सम्बन्ध तथा सन् १८३३ देखि सन् १९२१ सम्मको सम्बन्धको समीक्षा गरिएको छ, जसका निम्ति उनले सन् १७९२ देखिका आँकडाको संकलन गरी विश्लेषण गरेका थिए । आधुनिक भारतको वित्तीय प्रबन्धन व्यवस्था, ट्याक्सको सिद्धान्त, प्रान्तीय राजस्वको समस्या तथा केन्द्र राज्यको अधिकार एवं सम्बन्धको क्षेत्रमा यो महत्वपूर्ण कार्य हो । नेपालजस्तो देश, जहाँ संघीयतालाई हालै आत्मसात गरिएको छ, अम्बेडकरका यी पुस्तकहरू निकै सहयोगी र फलदायी सावित हुन सक्दछन् ।

अम्बेडकरका यिनै विशेषताले संविधान निर्माणको समयमा महत्वपूर्ण भूमिकाको निर्वाह गरेको थियो । यहाँ पनि उनले यसै कुरालाई प्रमाणित गरेर देखाइदिए कि कसरी ब्रिटिश शासनको ट्याक्स प्रणालीले मात्र गरिब तथा किसानहरूमाथि राज्य व्यवस्थाको भार लाद्ने गर्दछ तथा जनकल्याणको सट्टा जमिनदारहरू, सम्भ्रान्त वर्गको जीवनशैलीलाई ब्रिटिश शासनले पोषित गर्न बनाइएको हो ।

सन् १९२३ मा प्रकाशित ‘रुपैयाँको समस्या उद्भव र समाधान’ अम्बेडकरको एउटा महत्वपूर्ण पुस्तक हो । यसमा उनले १९औँ शताब्दीदेखि भारतीय मुद्रा प्रणाली उपयुक्त हुन सक्छ भन्ने सुझाव पनि दिएका थिए । उनले मुद्राको मूल्यको स्थिरतालाई आवश्यक मानेका थिए र वित्तीय नीतिका कारण आय वितरण एवं असमानतामाथि पर्न सक्ने प्रभावका बारेमा पनि प्रकाश पारेका छन् । उनले तर्क दिएका छन् कि सरकारको नोट छाप्ने शक्ति सीमित हुनुपर्छ, होइन भने सरकारले बढी नोट प्रकाशन गरेर मूल्यलाई बर्बाद हुनबाट रोक्न सकिनेछैन ।

कृषिका बारेमा अम्बेडकरले बढी नलेखेका भए पनि सन् १९१८ मा यससम्बन्धी उनको एउटा शोधपत्रमा पनि धेरै कुरा उल्लेख भएको पाइन्छ । खासगरीकन खेतीको उत्पादकत्व जमिन र खेतको आकारमा मात्रै निर्भर हुँदैन, अपितु उत्पादनका अनेकौँ कारक तत्वमाथि निर्भर हुने गर्छ । तसर्थ, उनले भारतमा सबैभन्दा बढी पुँजी लगानीको आवश्यकता कृषि क्षेत्रमै महसुस गरेका थिए किनभने ब्रिटिश शासनमा यसको उपेक्षा भएको थियो ।

जातिप्रथा कुनै न कुनै रूपमा अन्य धर्ममा पनि रहेकै हुन्छ तथा धर्म परिवर्तन गरेर अन्य धर्ममा जानेहरू त्यहाँ पनि भेदभावको सिकार हुने गर्दछन् । सायद त्यही भएर हो, डा. अम्बेडकरपछि पनि भारतीय राजनीतिमा धेरै दलित नेताहरू भए तर कसैले पनि धर्म परिवर्तन गरेनन् ।

भारत सरकारले ७० को दशकमा यस क्षेत्रमा निकै लगानी गर्‍यो, फलस्वरूप त्यो हरित क्रान्तिका रूपमा सफल भयो । उनको तर्क थियो कि कृषिमा आवश्यकताभन्दा बढी श्रमिकहरू काम गरिरहेका हुन्छन् र तिनको सहभागिता हुनु र नहुनुले उत्पादनमाथि कुनै फरक पार्दैन । यसलाई उनले बेरोजगारीको ठूलो कारण बताएका थिए । त्यसको तीन दशकपछि नोबेल पुरस्कार विजेता आर्थर लुइसले पनि धेरथोर यस कुरालाई नै दोहो¥याएका थिए । अम्बेडकरले कृषिमा लागेका अतिरिक्त श्रमिक आवादीलाई सार्थक रोजगार दिएर नै तिनलाई गरिबीबाट मुक्ति दिलाउन सकिन्छ तर त्यसका निम्ति एउटामात्र समाधानको उपाय हो, औद्योगीकरण भने । डा. अम्बेडकर एक महान् अर्थशास्त्री पनि थिए तर उनले ख्याति पाए कानुनविज्ञ तथा संविधान निर्माताका रूपमा । उनी बहुआयामिक व्यक्तिका धनी थिए । एक कुशल राजनीतिज्ञ, महान् दार्शनिक र कानुनविद्समेत ।

१५ अगस्ट १९७४ मा भारत स्वतन्त्र भएपछि उनी देशको पहिलो कानुनमन्त्री बनाइए । २९ अगस्टमा उनलाई संविधान निर्माण गर्ने समितिको अध्यक्ष बनाइयो । उनले पिछडिएकाहरूलाई समान अवसर प्रदान गर्न आरक्षण लागू हुनुपर्ने व्यवस्थाको समर्थन गरेका थिए । १४ अक्टुबर १९५६ मा उनले नागपुरमा बौद्धधर्म अपनाउने घोषणा गरेका थिए । उनीसँगै ५ लाख व्यक्तिले बौद्धधर्म ग्रहण गरेका थिए । हिन्दूबाट बौद्धधर्म ग्रहण गर्दा डा. अम्बेडकरले भनेका थिए कि लोभ, लालच तथा डर एवं धम्कीका कारण धर्म परिवर्तन गर्नु हुँदैन अपेक्षाकृत राम्रो धर्मको खोजीमा जानुपर्छ ।

लोभमा धर्म परिवर्तन गर्नेले कालान्तरमा गएर पश्चाताप गर्नुको विकल्प रहँदैन । जातिप्रथा कुनै न कुनै रूपमा अन्य धर्ममा पनि रहेकै हुन्छ तथा धर्म परिवर्तन गरेर अन्य धर्ममा जानेहरू त्यहाँ पनि भेदभावको सिकार हुने गर्दछन् । सायद त्यही भएर हो, डा. अम्बेडकरपछि पनि भारतीय राजनीतिमा धेरै दलित नेताहरू भए तर कसैले पनि धर्म परिवर्तन गरेनन् । डा.अम्बेडकर भारतको सर्वोच्च पुरस्कार ‘भारत रत्न’ बाट पनि सम्मानित भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?