लुम्बिनी अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालका अनुसार लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग) सेवा र इमर्जेन्सी (आकस्मिक सेवा)को टिकट तथा बेड (शैया)मा उपचार गर्न आउनेलाई कुनै पनि शुल्क लाग्ने छैन ।

प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

टिकट र वेड निःशुल्क भए पनि टिकट भने अनिवार्य रुपमा काटनु पर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?