![यौन विकृति र तृप्ति](https://ehimalayatimes.com/wp-content/uploads/2023/06/couple-jodi-famly-hita.jpg)
काठमाडौं । लसुन प्राचिनकालदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रूपमा प्रयोग हुँदै आएको पाइन्छ। यसले शरीरभित्र सिर्जना हुने अनेकौँ रोगको नाश गर्दछ। लसुनको उपयोग स्वाद बढाउनमा मात्र छैन। यो औषधीय गुणले पनि भरिपूर्ण छ।
लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी ६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ। त्यसैले लसुनलाई पावर हाउस भनिन्छ।
लसुनको सेवनले इन्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ। लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ। अस्वस्थकर जीवनशैलीका कारण मानिसहरुमा अहिले मोटोपनको समस्या बढ्दै गएको छ। मोटोपन घटाउनका लागि मानिसहरुले अनेक उपायहरु अपनाउँछन्।
लसुन रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि प्राकृतिक औषधीका रुपमा मानिन्छ । यसले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहयोग गर्छ ।
पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ ।
लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई कम गर्छ । लसुन खानाले रगत स्वस्थ रहन्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुर्याउन सहयोग गर्छ ।
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।
लसुन सेवनका फाइदा
– लसुन सेवनले मुटुलाई स्वास्थ्य बनाउन मद्दत पुग्छ।
– पेटसम्बन्धी पेटभित्र ग्यास बढ्ने, पेट फुल्ने लगायतका समस्याबाट मुक्ति दिलाउँछ।
– लसुनको सेवनले रक्तसञ्चारमा सुधार ल्याउँछ।
– कोलेस्ट्रोललाई कम गर्न तथा हृदय रोगलाई रोक्नमा समेत लसुनको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।
– लसुनले हाम्रा धमनीहरू कडा हुने गतिलाई रोक्न सहयोग गर्दछ।
– लसुनलाई हृदयघात या स्ट्रोकको जोखिम कम गर्ने माध्यमका रुपमा पनि सेवन गर्न सकिन्छ।
– लसुनको केस्रालाई खाली पेटमा मजाले चपाएर खाँदा पाचन प्रणाली मजबुत हुन्छ ।
– दैनिक रुपमा लसुन खाएमा खाना रुचि बढाउन मद्दत गर्छ।
– प्रत्येक बिहान खालीपेटमा लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ।
– सासमा गन्ध आउने समस्या भएमा लसुनको सेवन गर्न सकिन्छ।
– लसुनमा रहेको एन्टिभाइरल र एन्टी इन्फ्लेमेटरी गुणले शरीरमा हुने एलर्जीसँग लड्न मद्दत गर्छ।
– दाँतको दुखाईमा लसुनको केस्रालाई पिसेर दाँत दुखेको स्थानमा लगाउँदा दुखाई कम हुन्छ।
– लसुनको औषधीय गुणले क्यान्सरलाई रोक्नमा पनि महत्त्वपूर्ण भूमिका रहन्छ।
– लसुनको नियमित प्रयोगले शरीरको तौल कम गर्न मद्दत गर्छ।
– लसुनको नियमित सेवनले हड्डीलाई निक्कै बलियो बनाउँछ।
![हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा ह्रास किन हुँदैछ ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/healthybody.jpg)
![यस्ता छन् राति सर्वाङ्ग नग्न सुत्नुको फाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/sleeping-naked-at-night_jibansaili.jpg)
पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच