✍️ डा.गणेशप्रसाद भट्टराई
‘तपाईंहरू पहाडबाट आउनुभएको हो सर ? हेर्दा त पढालेखा देखिनुहुन्छ ? खाडीबाट फर्केको त होइन नि ? कि काठमाडौंबाट झर्नुभयो ?’
हामी एउटा साहित्यिक कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थियौँ । वीरगञ्जका साहित्यकर्मी गीताजीले यहाँ आएका बेला नजिकका रमाइला ठाउँ घुमाउने विचार गर्नुभयो । समय मिलाएर हामी भारतको रक्सौल पुगेर फर्केका थियौँ । यसपछि हामी गढीमाई भगवतीको दर्शन गर्ने सुरले वीरगञ्जबाट बाराको गढीमाई जान तम्सियौँ । गीताजीले खोजेको सानो ट्रक जस्तो गाडीमा हामी १३ जना चढ्यौँ । मैले चाहिँ गाडी चालकका छेउमा बस्नुपर्ने भयो । म उसको छेउको सिटमा बस्नासाथ चालककले गाडी चलाउन सुरु गर्यो र उसैले हाम्रो बोलचालको सुरुवात गर्यो ।
‘हो भाइ । हामी काठमाडौंबाट यहाँ एउटा साहित्यिक कार्यक्रममा आएका थियौँ । मौकामा गढीमाईको दर्शन पनि गरौँ भनेर... ।’
मेरो बोलीमा उसले ध्यान दिएझैँ देखिन्नथ्यो । उसले गाडीमा गियर परिवर्तन गर्यो र भन्न थाल्यो, ‘अच्छा, यो बाटो पनि कुनै नेताले नबनाउने भो । म साउदी जाँदा पनि यस्तै थियो । अहिले १५ वर्षपछि पनि यस्तै छ । नेता भनाउँदालाई लुँगीमा नोट लुकाउँदैमा ठिक्क छ । कसले गर्छ काम ? अब त साहित्यकारको पनि काम छैन । कागजमा कविता कोरेर कहीँ विकास हुन्छ ? म पनि साहित्यकार नै हुँ । साउदीमा हुँदा म पनि एउटा संस्थाको साउदी अध्यक्ष थिएँ । मैले कार्यक्रम गरेर पैसा उठाएर यता पनि पठाएँ । तर खै, साहित्यकारले लेखेका कविताले छोराछोरीको पेट नभरिने रै’छ । काम गरेन कि पेट भोकै ! म पनि पहिले सानोतिनो नेता नै थिएँ । हाम्रो छिमेकी जिल्लाको मान्छेलाई मन्त्री, प्रधानमन्त्री बनाउन म कति खटेँ । लेकिन जिन्दगी बन्दैन बिना ढेउबा के । ढेउबाले मलाई पनि साउदी पुर्यायो । पैसाको बोट हुन्छ त्यहाँ त भन्थे साथीहरू ! हुन्छ पैसा ? काम गर्दा गर्दै पसिना सकिन्छ त्यहाँ त । बरु यहाँ पसिनाको मोल छ । साहित्यकारले त लेख्छ नि तर पसिनाले देश बन्छ भन्ने कसले सिकाउने हामीलाई ? लेखाइको मतलब कसले बुझ्छ र यहाँ ?’
यसको परिवार गरिब छ । दहेज दिनुनपर्ने भनेर यसको बाबुआमाले एउटा धनी लम्पटसँग बिहे गरिदिए । अहिले पाँचवटा छोराछोरी छन् । यसको लम्फु लोग्ने केही काम गर्दैन । बच्चा जन्माउने मेसिनमात्र बनायो, यसको लोग्नेले यसलाई । यस्तो जिन्दगी कसरी बाँच्नु ! हाम्रोतिर अझै छोरीलाई बाँच्न गारो छ । के गर्ने समाज परिवर्तन हुन सकेन !
गाडी गुड्दै थियो । उसले फेरि गियर बढायो र भन्न थाल्यो, ‘अब कलैया आउनै लाग्यो । यहाँ मालपोत कार्यालय छ, सिडियो अफिस छ । मालपोत त पैसा सक्ने ठाउँ हो । यो वरिपरि देखिने ठाउँमा पहिले धान, गेहुँ टन्न हुन्थ्यो । मान्छेले जग्गा बेच्दै छोराछोरीलाई विदेश पठाउँदै गर्न थाले । यही मालपोत हो जग्गा किनबेच गराउने । जग्गा बेच्न नदिएको भए काम गर्ने जन अहिले यहीँ हुन्थ्यो । छोराछोरी उता विदेशीको दास भइसके, यता आस गर्दा गर्दै बाबुआमा घाट पुगिसके । के फाइदा भो र ? पसिनाको बलले ...।’ चालकको व्यवहारले मलाई रामाञ्चित बनाउँदै थियो । यही बेला एउटा मोटर साइकल उसैको छेउबाट अगाडि बढ्यो ।
ए मर्लास् ! मोटरसाइकलमा भएको भए तँलाई लात्तले दिएर तीन फिट पर पु¥याइदिन्थेँ । म गाडीमा भएकाले तँ बचिस् । गाडी कुदाउनसम्म आउँदैन यिनीहरूलाई । साउदीमा भएको भए अघि नै पेनाल्टी पाइसक्थ्यो । हुन त आज मैले पनि गाडी राम्ररी चलाएको छैन । हिजो अलिअलि लाइदिएको हृयाङ बाँकी नै छ ।
चालक बोलिरहेकै थियो । ऊ कुनै बेला गाडी घच्याक्क पाथ्र्यो, कुनै बेला गति बढाउँथ्यो । बाहिरपट्टी बसेका हाम्रा साथी गीत गाउँदै थिए । उसले गम्छाले मुख पुस्यो र फेरि भन्न थाल्यो, ‘साथीहरू गीत त राम्ररी गाउँदा रै’छन् । म पनि गीत गाउँछु । साउदीमा चरी भरर भन्ने गीत गाइदिएको हाम्रो कम्पनीकी सिइओ मक्ख परी । त्यो फिलिपिनी हो । डोना हो क्यारे नाम । मलाई खुब माया गर्थी । एक पटक रेस्टुरेन्टमा बोलाएर खाना नै खुवाइ नि । एक दिन खजुरको बोट छेउमा आएर हेन्डसम बोई पनि भनेकी थिई । झण्डै लभ परेको... तर पछि कम्पनीले मलाई यमन पठायो । त्यसपछि बोलाचाल नै भएन । खुब लोभलाग्दी थिई मोरी ।’
उसले गाडीको हर्न बजायो र ओ सोनियाँ भन्दै झ्यालबाट बाहिर हेर्यो अनि मतिर फर्कियो । यो केटी देख्नुभो नि, हो यो र म एउटै कक्षामा पढेको । यो फष्ट हुन्थी, म त लम्फु नै हुँ । यसको परिवार गरिब छ । दहेज दिनुनपर्ने भनेर यसको बाबुआमाले एउटा धनी लम्पटसँग बिहे गरिदिए । अहिले पाँचवटा छोराछोरी छन् । यसको लम्फु लोग्ने केही काम गर्दैन । बच्चा जन्माउने मेसिनमात्र बनायो, यसको लोग्नेले यसलाई । यस्तो जिन्दगी कसरी बाँच्नु ! हाम्रोतिर अझै छोरीलाई बाँच्न गारो छ । के गर्ने समाज परिवर्तन हुन सकेन ! त्यस केटीले टाउकामा घाँसको मुठो बोकेकी थिई । उसले चालकलाई देखी तर कुनै प्रतिक्रिया नजनाई बाटो काटेर पारितिर लागी । उसले गाडी गुडाइरहृयो ।
अब गढीमाई भगवतीको मन्दिर आउन लाग्यो । उसले एउटा बाटो देखाउँदै भन्यो, ‘यो बाटो गयो भने छिटो पुगिन्छ तर म त्यताबाट लान्नँ ।
म घुमाउरो भए पनि सजिलो बाटो लान्छु । कति आस गरेर भगवतीको दर्शन गर्न आउनुभा’छ । के के माग्ने सुर छ तपाईंहरूको । यहाँ त मागेको पुग्छ भन्छन् । पुग्छ पुग्दैन मलाई चाहिँ अहिलेसम्म थाहा छैन । भगवती कहिल्यै बोल्नुहुन्न, जे भने पनि सुनिरहनुहुन्छ । यहाँ मेला लाग्दा राँगा त कति काट्छन् कति । ती राँगाले पनि यहाँ आएर काटिन पाऊँ भन्ने मागेका हुन् कि सायद । राँगा काट्ने ठेक्का लिनको नै मारामार हुन्छ यहाँ । कति दुःख दिएर मार्छन् ती विचरा राँगालाई । साउदीमा त पशुलाई दुःख दिएर मार्न पाइँदैन भन्छन् तर पनि नराम्ररी काट्छन् त्यहाँ पनि । यसो भन्दा मेरै छेउमा बस्ने देवी गुरु मुसुमुसु हाँस्नुभयो । उसले भनिहाल्यो, तपाईँ त पूर्वतिरको एउटा नेताको दाजुभाइ हो कि क्या हो । गम्भीर देखिनुहुन्छ । तपाईं नरिसाउनुहोला, नेताले गम्भीर भएरै देश बिगारिसके । देश बनाउन पो गम्भीर बन्नुपर्छ । हेर्नुहोस् म पनि कम्प्युटर इन्जिनियर हुँ । मैले यहाँ स्नातकमा पढेको कुरा त साउदीमा स्कुलमा पढाउँछ । त्यहाँ गएर त मैले कम्प्युटर होइन, रेञ्ज चलाएँ । म मेसिन जोड्ने काम गर्थेँ सर । ब्रेनले होइन रेन्जले चेन्ज हुन्छ देश । यहाँ कोही रेन्ज चलाउन तयार हुँदैनन् अनि बन्छ देश ? सबलाई डाक्टर, इन्जिनियर नेता, मन्त्री बन्नु हो । अरे बाफ् किसान बन्छु त कोही भन्दैन । किसानले अनाज नउमारे केले पेट भर्छ देशले ? विदेशमा अन्न बेच्ने देश विदेशीसँगै अन्न माग्ने भइसक्यो ।’
कुरा गर्दागर्दै हामी गढीमाई पुग्यौँ । उसले गढीमाई मन्दिरको आँगनमा गाडी रोक्यो र भन्यो, ‘सबैजना पहिले शौचालय जानुहोस् । बाहिर निस्कँदा त्यहाँको शिलालेख हेर्नु नभुल्नुहोस् । एक घण्टा मन्दिरको दर्शन गर्ने समय भयो । म त एक मिनेट पनि बढी पर्खँन्न है । नेपाली समय नभन्नुहोला नि ।’ यति भनेर ऊ बाहिरै बस्यो । हामी गढीमाई मन्दिरको भौतिक र आध्यात्मिक सौन्दर्यको पारख गर्नतिर लाग्यौँ । अरू गएनन्, म त शौचालय पनि पसेँ । त्यहाँको शिलालेखमा शौचालय उद्घाटन गर्ने एक ठूलै नेताको नाम रहेछ । सायद त्यही भएर चालकले शौचालय जानुभनेको रहेछ ।
ठीक एक घण्टा बित्नासाथ उसले गाडीको हर्न बजायो । हामी हतारहतार गाडी चढ्न लाग्यौँ । एकजना बहिनी पोखरीतिर डुल्न गएकी रहिछन्, कुद्धै आइन् । उनलाई देखेर चालकले भनिहाल्यो, ‘तपाईंलाई त म यहीँ छाड्ने थिएँ । यति पाको उमेरको सर अघि आउनुभयो, तपाईं युवा भएर पनि समयको ख्याल नगर्ने ? यसरी बन्छ देश ?’ उसले उनलाई र मलाई एकै चोटि सचेत गरायो । यसबेला उसको अनुहारमा साँच्चै देशभक्ति नै सलबलाएको हो कि जस्तो देखिन्थ्यो ।
म बी.पी.को सिपाही जस्तै हुँ, नसोधेको कुरा पनि भनिदिन्छु । मेरो मूल घर परवानीपुरमा छ । बाआमा त्यही बस्नुहुन्छ । म चाहिँ यतै बस्छु । कहिलेकाहीँ बाआमा यहाँ आउनुहुन्छ तर धेरै दिन बस्न सक्नुहुन्न । हाम्रो चार बिघा जग्गा थियो, बाले झिम्क्याउने र पिउनेमा तीन बिघा उडाए । बाकै कारण मैले साउदी जानुपर्यो । त्यो ठाउँ पनि छाड्नुपर्यो ।
आज मैले गाडी हाँकेकै छैन, म त छिटो हाँक्ने मान्छे हुँ । यो ड्रडाइभरले पनि गाडी कन्डिसनमा राख्दो रहेनछ । भोलि यसको सातो नखाई भएन । यसो भन्दै उसले तीव्र गतिमा गाडी अगाडि बढायो । अगाडि खाल्डो थियो, उसले हेर्दै हेरेन । गाडी अनियन्त्रित भयो र हामी गाडीमा ठोक्किन पुग्यौँ । एकछिन् उसले केही नभनी यसरी नै गाडी हाँक्यो ।
‘यो तपाईँकै गाडी हो भाइ ?’ मैले सोधेँ ।
‘हो सर । साउदीबाट फर्केर किनेको । म मेसिनको व्यापार गर्छु । सामान पुर्याउन यस्तै गाडी ठीक हुन्छ । अरू दुइटा मोटरसाइकल पनि छन् मेरा । यो मान्छे बोक्ने गाडी त होइन तर गीताजीले भनिहाल्नुभयो र आज मान्छे बोकिदिएको । सधैँ त ड्राइभरले चलाउँछ ।’ उसले फटाफट भन्यो ।
ऊ बेलाबेला हिन्दी भाषाका गीत पनि गुनगुनाउँथ्यो अनि कोहीकोही बेला झ्यालबाट टाउको बाहिर निकालेर प्याच्च थुक्थ्यो । सफा लुगा लगाएको ऊ हेर्दा खाइलाग्दो थियो । कुरैकुरामा मैले उसलाई सोधेँ, ‘तपाईँको मूल घर नै यहीँ हो कि अन्यत्रबाट आउनुभएको हो ? अनि बिहे गर्नुभएको छ कि छैन ?’
अचम्मको कुरा सोध्नुभयो तपाईंले । कथाकार हो कि क्या हो । म बी.पी. को सिपाही जस्तै हुँ, नसोधेको कुरा पनि भनिदिन्छु । मेरो मूल घर परवानीपुरमा छ । बाआमा त्यही बस्नुहुन्छ । म चाहिँ यतै बस्छु । कहिलेकाहीँ बाआमा यहाँ आउनुहुन्छ तर धेरै दिन बस्न सक्नुहुन्न । हाम्रो चार बिघा जग्गा थियो, बाले झिम्क्याउने र पिउनेमा तीन बिघा उडाए । बाकै कारण मैले साउदी जानुपर्यो । त्यो ठाउँ पनि छाड्नुप¥यो । साउदी जानुपूर्व नै मैले बिहे गरेको थिएँ । एउटा छोरो पनि भयो । म डिभोर्सी हुँ तर अहिले बिहे गरेँ । मैले परिवारलाई सुखी बनाउन कति धेरै मिहिनेत गरेँ । साउदीमा रेञ्ज चलाएर पैसा यहाँ पठाएँ । मसँग फोनमा नयाँ व्यवसाय सुरु गरेँ, पैसा चाहियो भन्थी । मैले पैसा पठाइरहेँ तर आफ्नी भनेकी मान्छेले पैसा सब उडाइछ । छोरो त मभन्दा तगडा गुण्डा भएछ । म आउने थाहा पाएर बुडी पैसासैसा सब लिएर रक्सौलको बनियाँसँग भागिछ । म फर्किँदा त छोरो होस्टलमा ऊ चाहिँ गोरखपुर रेलैमा...। अनि मैले अर्कीसँग प्रेम गरेर बिहे गरेँ । अहिले मेरो अफिसकी म्यानेजर छ । अब छोरालाई पनि आफूसँगै राखेर पढाउने विचार छ । त्यसलाई चाहिँ म विदेश जान दिन्नँ सर । यसो भन्दै उसले उसले गाडी एउटा सानो बाटातिर मोड्यो ।
‘यो बाटो हो र हामी जाने ? मूल बाटो नै जाँदा हुन्नँ ?’ मैले आउँदाको बाटो सम्झेर कुरा उप्काएँ ।
त्यता अलिक भिडभाड हुन्छ । चोकतिर बेलुकाका साथी पनि भेटिन्छन् । तपाईंलाई गन्तव्यमा पुर्याउनु त मेरो कर्तव्य नै हो नि सर । अपहरण गर्योजस्तो लाग्यो कि क्या हो । हुन त म अपहरण गर्न सक्ने मान्छे नै हुँ तर तपाईंजस्तो साहित्यकारलाई अपहरण गरेर मैले के पाउनु ! अपहरण त धन भकालाई पो गर्न मजा आउँछ । फाटेको टालो ओढ्ने न ओछ्याउने !
उसका कुरा सुन्दा मन चसक्क भयो । ऊ भने मुस्काइरहेको थियो । उसले लगेकै बाटाबाट हामी गन्तव्यमा पुग्यौँ । हामी ओर्लनासाथ ऊ पनि गएँसम्म नभनी गाडी लिएर अर्कैतिर लाग्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच