काठमाडौं । मावन पुस्तकालयको नियमित शृंखलाअन्तर्गत शनिबारको शृंखलामा पूर्वसचिव रामचन्द्रमान सिंह र पूर्वप्रशासक तथा साहित्यकार नरेन्द्रराज पौडेल रहनुभएको थियो । सुकेधारास्थित नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रमा आयोजित कार्यक्रम उक्त पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा सम्पन्न भएको थियो । नवपुस्तकालय तथा मुक्तिनाथ दर्शन साहित्य समाज आयोजक रहेका थिए ।
सुशीला शर्मा धमलाले सञ्चालन गरेको उक्त कार्यक्रममा मानवपुस्तक रामचन्द्रमान सिंह तथा नरेन्द्रराज पौडेलले आ-आफ्ना जीवन भोगाइहरू बताउनुभएको थियो । मुक्तिनाथ दर्शन साहित्यिक पत्रिकाको लोकार्पणसमेत गरिएको उक्त कार्यक्रममा सुशीलजंग राणा, बाजुराम पौडेल, कृष्णप्रसाद बस्याल, प्रयागराज वाशिष्ठ, कलानिधि दाहाल र प्रा.पुरुषोत्तम दाहालले शुभकामना दिनुभएको थियो । यस क्रममा प्रा.दाहालले साहित्यिक सिर्जनाहरू समुद्रजस्ता हुने भएकाले तीबाट जति झिके पनि ती कहिल्यै रित्तिदैनन् भन्नुभयो ।
कार्यक्रममा विनोद दाहाल वत्स, निर्मंलरमण पराजुली, अच्युतप्रसाद पौडेल चिन्तन, प्राडा.अर्जुनदेव भट्ट, नरेन्द्रराज पौडेल, बाजुराम पौडेल, महेशप्रसाद रिजाल, एनपी जनकपुरी, दुर्गा अधिकारी भमरकोटे, रामचन्द्र दाहाल, मेनका आचार्य, विनोद पोखरेल, केशवराज ज्ञावली, सुरेशचन्द्र घिमिरे, केशवप्रसाद दंगाल, सुन्दर खड्का र छत्रपति दाहालले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।